सम्बद्ध व्यवसायीहरूका अनुसार, जिल्लाको माथिल्लो भेगमा चिसोका कारण हिउँ पग्लने दर कम हुनुका साथै पानी जम्न थालेपछि नदी तथा खोलाको जलस्तर घटेर विद्युत् उत्पादनमा कटौती भएको हो।
रसुवा– हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ। सम्बद्ध व्यवसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत् उत्पादन प्रभावित भएको हो।
पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट १६ मेगावाट, १४.८ मेगावाट क्षमताको ‘अप्पर साङ्जेन’बाट ६ मेगावाट, ४२.५ मेगावाटको ‘लोवर स्याङ्जेन’बाट ३० मेगावाट र ७८ मेगावाट क्षमताको सालासुङ्गीबाट पाँच मेगावाट क्षमता मात्र विद्युत् उत्पादन हुने गरेको सम्बन्धित आयोजनाबाट जानकारी प्राप्त भएको छ।
चिसोका कारण विद्युत् उत्पादनमा भारी कटौती हुने गरेको जानकारी दिँदै सालासुङ्गी हाइड्रो पावरमा कार्यरत इन्जिनियर राजु श्रेष्ठले भन्छन्, “अत्यधिक चिसोका कारण अहिले खोलामा पानीको सतह घटेको छ। पानीको बहाव घटेसँगै क्षमताभन्दा न्यून विद्युत् उत्पादन गर्न बाध्य छौँ। चैतपछि हिउँ पग्लिने दर वृद्धि भई खोलामा पानीको बहाव बढ्न थाल्छ। त्यसपछि आयोजनाको क्षमताअनुसार विद्युत् उत्पादन हुन थाल्छ।”
यसैबीच, गत असारमा आएको बाढीका कारण क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको संरचना पुनः निर्माणपछि हाल ३७ मेगावाट विद्युत् उत्पादन भइरहेको रसुवागढी जलविद्युत् कम्पनीका कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले जानकारी दिए। स्थानीय खोलामा आएको बाढीबाट प्रभावित सो आयोजना पुनः निर्माणको काम पूरा भए हिउँदमा करिब ६५ देखि ७० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
