सरकारले भारतीय रुपैयाँ २०० र ५०० दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म ओसारपसार गर्न पाउने व्यवस्था गरेको छ।
काठमाडौँ– सरकारले भारतीय रुपैयाँ (भारु) २०० र ५०० दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म ओसारपसार गर्न पाउने व्यवस्था गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासनमा आएका ती दरका नोटहरू नेपाली तथा भारतीय नागरिकले भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने गरी उक्त सीमा तोकेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिएका छन्।
यसैगरी, सरकारले विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरूसँग वार्ताका लागि कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ। समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्राडा. सुनिति श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
यसका साथै, प्रचलित कानूनमा व्यवस्था भएको अवस्थाबाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत सरकारले गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
