महाधिवेशनमा ११ केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् भने उपमहासचिवसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
काठमाडौँ– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये ११ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन्।
उपाध्यक्ष पोखरेलका अनुसार, सर्वसम्मत निर्वाचित हुनेहरूमा लुम्बिनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लीलामणि गौतम, सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल छन्।
यस्तै, केन्द्रीय सदस्य युवा (४० वर्षमुनि) बाट नरेश रोकाया र सुशीलकुमार थापा, मधेश प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (बोहरा) र प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे पनि सर्वसम्मत निर्वाचित भएका छन्।
यस्तै, दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ। केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए।
यसैगरी, एक उपमहासचिव, १४ जना केन्द्रीय सदस्यका उम्मेदवार गरी कुल १५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
