माथिल्लो अरुण आयोजना र पहुँचमार्ग निर्माणका लागि दुई हजार १६८ बोट रूख काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी चन्द्रलाल राईले बताए।
संखुवासभा– भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रूख काटिएको छ। भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रूख काटिएका हुन्।
माथिल्लो अरुण आयोजना र पहुँचमार्ग निर्माणका लागि दुई हजार १६८ बोट रूख काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी चन्द्रलाल राईले बताए।
माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन र भोटखोला– २ मा पारीपाखा सामुदायिक वन र माक्पालुङ सामुदायिक वन क्षेत्रको करिब २१.०८ हेक्टर क्षेत्रफलको रूख कटान गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राईले जानकारी दिए।
उक्त आयोजनाले २५ वर्षसम्म वन क्षेत्र प्रयोगका लागि अनुमति पाएको छ। योसँगै माथिल्लो अरुण आयोजनाका लागि पहुँच मार्गको काम द्रुत गतिमा अघि बढेको छ। प्राधिकरणले २.०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम शुरू गरेको छ।
पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ। पहुँचमार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ। सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, जिल्लामा विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि हालसम्म लागि १४ हजारभन्दा बढी रूख काटिसकिएको छ। अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि १८ सामुदायिक वनका १४ हजार ६२७ रूख कटान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।
वन कार्यालयका अनुसार ११ वटा जलविद्युत् आयोजनाले जिल्लाका ६ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन्। विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका पाँच हजार ४०० रूख काटिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
