एमालेको नेतृत्व चयनका लागि मंगलबार निर्धारित मतदान प्रक्रिया प्राविधिक कारण देखाउँदै बुधबार बिहान ८ बजेसम्म सारिएको छ।
काठमाडौँ– नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत मंगलबार हुने निर्धारित मतदान प्रक्रिया प्राविधिक कारण देखाउँदै स्थगित भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको तालिका तय भएको थियो। केन्द्रीय निर्वाचन आयोगले मतदानको समय साँझ ९:०० बजेदेखि शुरू हुने गरी तोकेको थियो र प्रतिनिधिहरू मतदानका लागि लामबद्ध भइसकेका थिए।
तर, प्राविधिक कारण जनाउँदै निर्वाचनको कार्यक्रम स्थगित गरी बुधबारका लागि सारिएको छ। निवर्तमान महासचिव शंकर पोखरेलले नेताहरूको सहमतिमा बुधबार बिहान ८ बजेबाट मतदान गर्ने तय भएको बताए।
महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि छन्। उनीहरूले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
