हिमाली भूभागको मौसम आंशिक बदली रहने

दिउँसो कर्णाली र सुदूरपश्चिमसहित बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

जसका कारण देशभरको मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिमसहित बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।  

यसैगरी, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आंशिक बदली रहने पूर्वानुमान छ।