अशोक शेरचन अस्पताल भर्ना

अनुसन्धानका क्रममा बैंकलाई हानि-नोक्सानी पुर्‍याएको र बैंकको कर्जा दुरुपयोग गरेको पाइएपछि शेरचनलाई सीआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो।

काठमाडौँ– बैंकिङ कसुर मुद्दामा प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन अस्पताल भर्ना भएका छन्। 

कब्जियतको समस्याका कारण शेरचन मंगलबार चिरायु अस्पताल भर्ना भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। 

अनुसन्धानका क्रममा बैंकलाई हानि-नोक्सानी पुर्‍याएको र बैंकको कर्जा दुरुपयोग गरेको पाइएपछि उनलाई सीआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो।