एमाले महाधिवेशन मतगणना: अध्यक्षमा ओलीको अग्रता

अध्यक्षमा केपी शर्मा ओलीले १५६ मत ल्याएका छन् भने अर्का उम्मेदवार ईश्वर पोखरेलले ६६ मत प्राप्त गरेका छन्।

काठमाडौँ– नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा मतगणना जारी छ। 

प्रारम्भिक गणनाअनुसार, अध्यक्षमा केपी शर्मा ओलीले १५६ मत ल्याएका छन् भने अर्का उम्मेदवार ईश्वर पोखरेलले ६६ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा विष्णु पौडेलले सर्वाधिक १७३ मत पाएका छन्। १७१ मतसहित पृथ्वीसुब्बा गुरुङ दोस्रो स्थानमा छन्।

यस्तै, महासचिवमा शंकर पोखरेलले झिनो अग्रता बनाएका छन्। पोखरेलले ११५ मत ल्याएका छन्। महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १०८ मत ल्याएका छन्।