ओली एक हजार ६३३ मतसहित तेस्रो पटक एमालेको अध्यक्षमा निर्वाचित हुँदा अर्का प्रत्याशी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे।
काठमाडौँ– नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न एघारौँ महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्।
ओली एक हजार ६३३ मतसहित तेस्रो पटक अध्यक्षमा निर्वाचित हुँदा अर्का अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे। उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त निर्वाचित भएका छन्।
महासचिवमा शंकर पोख्रेल १ हजार २१८ मतसहित विजयी हुँदा अर्का प्रत्याशी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरे। यस्तै, उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका छन्। भट्टले एक हजार ४५२, महासेठले एक हजार ३६८ र भट्टराईले एक हजार ३४८ मत प्राप्त गरे।
ओली २०७८ मंसिरमा चितवनमा आयोजित १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए। त्यसबेला ओलीले १ हजार ८३७ मत पाएका थिए भने अर्का प्रत्याशी भीम रावलले २२३ मत पाएका थिए।
२०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए। ओलीले नवौँ महाधिवेशनमा नेता माधवकुमार नेपाललाई ४६ मतान्तरले हराएका थिए।
एमाले नेतृत्वका लागि यस पटक ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए। पदाधिकारीमा पनि अधिकांश ओली प्यानलका उम्मेदवार विजयी भएका छन्।
बिहीबार बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए। ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए।
मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए। एमाले महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो। काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र र मतदान भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
