हिमाली भूभागमा आंशिक बदली

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बाँकी हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

अन्य स्थानमा भने उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको छ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बाँकी हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।  

यसैगरी, राति सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।