नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
काठमाडौँ– रिलायन्स स्पीनिङ मिल्सको शेयर निष्कासन गर्ने क्रममा भएका काम कारबाही छानबिन गर्न समिति गठन भएको छ।
नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
समितिमा बोर्ड सदस्य आनन्द राज शर्मा वाग्ले र पीताम्बर भण्डारी सदस्य रहेका छन्। समितिलाई आवश्यक परेमा अन्य विज्ञ वा सम्बन्धित व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने अधिकार दिइएको बोर्डले जनाएको छ।
समितिले रिलायन्स स्पीनिङ मिल्सको शेयर निष्कासन प्रक्रिया, बुक बिल्डिङका क्रममा अपनाइएका विधि, मूल्य निर्धारण तथा सम्बन्धित कानूनी र प्रक्रियागत पक्षको अध्ययन गर्नेछ।
समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्ने समय दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
