सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको विभागले जनाएको छ।

काठमाडौँ– कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

बाँकी स्थानमा मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली रहनेछ। राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ।