दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा शनिबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

दार्चुला– दार्चुलामा शनिबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर राति ८ बजेर ३६ मिनेटमा ३.४ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

पछिल्लो समय पश्चिम क्षेत्रमा बेला बेला भूकम्प गइरहेको छ। शनिबारको भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।