किबीको बढ्दो उत्पादनसँगै बजारको समस्या भइरहेका बेला उद्योग स्थापनापछि गाउँका करिब १०० किबी किसानलाई राहत मिलेको छ।
धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ किबी किसानलाई राहत पुगेको छ।
स्थानीय दुर्गामणि पौडेलले १० करोड रुपैयाँ लागतमा ५०० टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसान लाभान्वित भएका हुन्। ठूलो किबी बजारमा सहजै बिक्री भए पनि मझौला तथा साना किबी बजारमा नबिक्ने समस्या छ। तर अहिले वाइन बनाउन उद्योगले ती सबै खरिद गर्न थालेपछि राहत भएको माझखर्कका किसान टीकाराम गुरुङले जानकारी दिए।
सात वर्षअघिबाट १० रोपनीमा किबीखेती गर्दै आएका तामाङले उद्योग स्थापनापछि धाएर बजारसम्म लैजानुपर्ने र बजार खोज्नुपर्ने समस्याबाट राहत मिलेको बताए। हाल प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा उद्योगलाई किबी बेच्दै आएका छन्। किबीको मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा बढी नभएसम्म किसान मर्कामा परिरहेको हुँदा प्रत्यक्ष अनुदान दिएर किसानलाई राहत दिनुपर्ने उनको भनाइ छ।
विगत १५ वर्षअघि तोरीबारी गाउँमा ३० रोपनीमा किबीखेती गर्दै आएका तिलबहादुर पौडेलले उद्योग स्थापनाले बजारको समस्या समाधान भएको जानकारी दिए। “भाउ तलमाथि त्यस्तै हो तर उद्योग सञ्चालनमा आएपछि ठूलो राहत भएको छ,” पौडेलले भने।
वार्षिक १५ लाख रुपैयाँसम्मको किबी बेच्दै आएका पौडेलले उद्योग बनेपछि काठमाडौँ, विराटनगर, झापालगायत स्थानमा किबी बेच्नुपर्ने बाध्यता अन्त्य भएको बताए। नगरले वडालाई ६ वर्षअघि किबी पकेट क्षेत्र घोषणा गरेपछि तोरीबारी, घुमाउने, माझखर्क, खाप्राङ गाउँका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका थिए।
किबीको बढ्दो उत्पादनसँगै बजारको समस्या भइरहेका बेला उद्योग स्थापनापछि गाउँका करिब १०० किबी किसानलाई राहत मिलेको वडाध्यक्ष पदम रखाल मगरले जानकारी दिए। २०७४ सालदेखि १०० रोपनीमा किबीखेतीसहित वसन्तपुर तीनजुरे बेभ्रेज प्रालिमार्फत आउने माघबाट ‘तीनजुरे बगान’ नामक किबी वाइन ल्याउने तयारी पूरा भएको उद्योग सञ्चालक दुर्गामणि पौडेलले जानकारी दिए।
यो वर्ष आठदेखि १० टन किबी खपत शुरू गरेको उद्योगले आगामी दिनमा कोशी प्रदेशबाट ५० टन किबी खपत गर्ने योजना बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
