आक्रमणकारी दुईवटा सवारीसाधनमा बारमा पुगेको र ग्राहकमाथि गोली चलाएको प्रहरीले जनाएको छ।
दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको एक बारमा अज्ञात हतियारधारीले गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।
आक्रमणकारी दुईवटा सवारीसाधनमा बारमा पुगेको र ग्राहकमाथि गोली चलाएको प्रहरीले जनाएको छ। भाग्दा पनि उनीहरूले अनियन्त्रित रूपमा गोली चलाइरहेका थिए।
दक्षिण अफ्रिका लामो समयदेखि अपराध र भ्रष्टाचारको सामना गर्दै आएको छ। देशमा गोलीकाण्ड सामान्य घटना हुन् र प्रायः हिंसा अवैध व्यवसाय प्रतिस्पर्धाका कारण हुने गर्छन्।
यसअघि, ६ डिसेम्बरमा प्रिटोरिया नजिकैको सोल्सभिल टाउनसिपको होस्टलमा गोली प्रहार हुँदा १२ जनाको मृत्यु भएको थियो।
प्रहरीका अनुसार, दक्षिण अफ्रिकामा कानूनी रूपमा बन्दूकधारी धेरै भए पनि अवैध बन्दुक अझ बढी प्रचलित छन्।
यस वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्म हरेक दिन औसत ६३ जनाको हत्या भएको तथ्यांक छ, जसमा मुख्यतया झगडा, डकैती र गिरोह हिंसा कारण रहेका छन्। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
