ढुंगानाले विकृति, विसंगति र भ्रष्टाचारको अन्त्यसहित सुशासनका पक्षमा भएको अघिल्लो आन्दोलनको मर्म र भावनाबमोजिम ठोस परिणाम आउन नसकेकाले आफूहरू पुनः सडकमा आउन बाध्य भएको बताए।
काठमाडौँ– जेनजीका माग र मुद्दाहरू सरकारले सम्बोधन नगरेको भन्दै मिराज ढुंगानाको नेतृत्वमा १० बुँदे अजेन्डासहित आन्दोलनको घोषणा गरिएको छ। सो समूहले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी युवाको भावना र चाहनाबमोजिम सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि शान्तिपूर्ण आन्दोलन शुरू गर्ने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै जेनजी अगुवा ढुंगानाले विकृति, विसंगति र भ्रष्टाचारको अन्त्यसहित सुशासनका पक्षमा भएको अघिल्लो आन्दोलनको मर्म र भावनाबमोजिम ठोस परिणाम आउन नसकेकाले आफूहरू पुनः सडकमा आउन बाध्य भएको बताए।
उनले राज्यको पुनर्संरचना, राजनीतिक स्थिरता, निष्पक्ष न्याय र संविधान पुनर्लेखनसहितको संवैधानिक सुधारका साथै पक्राउ परेका जेनजी अभियन्ताको तत्काल रिहाइको माग गरे। त्यस्तै, आन्दोलनका क्रममा युवाको हत्यामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही हुनुपर्नेमा समेत उनले जोड दिए।
सो समूहले आन्दोलनका घाइतेलाई उचित क्षतिपूर्ति र राहतको व्यवस्था, शहीद परिवारको सम्मान तथा युवाका लागि रोजगारी र सुरक्षासहितको स्थायी व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ। भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि शक्तिशाली ‘भ्रष्टाचार निर्मूल आयोग’ गठन गर्नुपर्ने माग गर्दै उनीहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार, उखु किसान र सहकारीपीडितलाई न्याय तथा विगतका आन्दोलनमा उठाइएका मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
