पश्चिमी वायुको प्रभाव, छैन वर्षाको सम्भावना

महाशाखाका अनुसार राति भने कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ।

काठमाडाैँ– सोमबार बिहान काठमाडाैँको आकाश धुम्म छ। पातलो कुहिरो लागेको छ।

माैसमविद् विनोद पोखरेलका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि यसले वर्षा गराउन भने सकेको छैन। यस बादलले तराईमा लागेको हुस्सु हटाउन भने मद्दत गर्ने उनले बताए।

आज दिउँसो पनि देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति भने कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

देशका तराई भू–भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने पनि महाशाखाले जनाएको छ।