विश्वभर हिमनदीहरू द्रुत गतिमा पग्लिन थालेसँगै हिमशिखरमा लुकेका दुखद र आश्चर्यजनक रहस्य पनि बाहिर आउँदैछन्।
काठमाडाैँ– सन् १९९७ को जुन महिनामा पाकिस्तानको उत्तरी पहाडी क्षेत्र कोहिस्तानको सुपात उपत्यकामा यात्रा गर्दै गर्दा ३१ वर्षीय नसीरुद्दीन गुफामा हराएका थिए।
उनी आफ्नी श्रीमती र दुई सन्तानलाई छोडेर कहिल्यै फर्किएनन्। वर्षौंसम्म उनको परिवारले खोजीमा कुनै कसर बाँकी राखेन, तर कुनै संकेत फेला पार्न सकेनन्।
"हाम्रो परिवारले उहाँलाई खोज्न कुनै कसर बाँकी राखेन," मृतकका भतिजा मलिक उबैदले एएफपीसँग भने, "हाम्रा काका र दाजुभाइहरूले हिमनदीमा धेरै पटक गएर शव भेटाउने प्रयास गरे, तर असम्भव थियो।"
लगभग तीन दशकपछि, नसीरुद्दीनको खोजी अन्ततः समाप्त भएको छ। गत जुलाई ३१ मा स्थानीय गोठाला ओमर खानले उपत्यकामा नसीरुद्दीनको शव फेला पारे, जसमा उनको परिचयपत्र अझै सुरक्षित थियो।

तर यो मात्र आश्चर्य थिएन। "मैले जे देखेँ, त्यो विश्वास गर्नै नसकिने थियो," खानले बीबीसी उर्दूलाई बताए, "शव पूर्ण रूपमा अक्षुण्ण थियो। लुगाहरू पनि च्यातिएका थिएनन्।"
२८ वर्षसम्म नसीरुद्दीन हिमनदीको बरफमा ममीजस्तो अवस्थामा रहेका थिए। उनको शव छिट्टै जमेको थियो जसले सड्नबाट जोगाएको थियो।
पाकिस्तानमा करिब ७ हजार हिमनदीहरू छन्। यी हिमनदीहरू मानवजनित जलवायु परिवर्तनका कारण बिस्तारै लोप हुँदैछन्। उत्तरी पाकिस्तानमा जलवायु परिवर्तनले हिउँ पर्ने मात्रा घटाएको छ, जसले गर्दा सूर्यको किरणबाट हिमनदीहरू पग्लिरहेका छन्। यो अस्वाभाविक तापक्रम वृद्धिले नै नसीरुद्दीनको शव भेटिएको हो।
"अन्ततः उहाँको शव फेला परेपछि हामीलाई केही राहत मिलेको छ," उबैदले भने।
गत वर्ष, नेशनल जियोग्राफिकले एक शताब्दीअघि सगरमाथामा हराएका पर्वतारोही स्यान्डी इरभिनको आंशिक शव फेला परेको रिपोर्ट गरेको थियो।
विश्वभर हिमनदीहरू द्रुत गतिमा पग्लिन थालेसँगै हिमशिखरमा लुकेका दुखद र आश्चर्यजनक रहस्य पनि बाहिर आउँदैछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
