अनुगमनका क्रममा ११ औषधि पसलमा फर्मासिस्ट नभएको र अनधिकृत रूपमा औषधि बिक्री भइरहेको पाइएपछि पहिलो पटकलाई सचेत गराइएको औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयले जनाएको छ।
जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयले जनकपुरधामसहित धनुषामा गरेको अनुगमन तथा छड्केमा सरकारले तोकेको मापदण्डअनुसार सञ्चालनमा नरहेका पाइएपछि अस्पताल तथा औषधि पसललाई सिल गरी कारोबार रोक्का गरिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चोकमा सञ्चालित जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, बजरङ्ग चोकको प्रशान्त मेडिकल हल, माछा बजारको राघव सजिर्कल पसल र वीरेन्द्र बजारको कम्युनिटी सभिर्स अस्पताललाई सिल गरिएको हो।
कार्यालयले निजी अस्पतालसहित कुल दुई दर्जन औषधि पसलको अनुगमन गरेको थियो। जसमध्ये ११ वटा औषधि पसलमा फर्मासिस्ट नरहेको तथा आफूखुशी औषधि बिक्रीवितरण गरेको पाइएपछि पहिलो पटकलाई चेतावनी दिइएको प्रमुख साहले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
