नेपाल र चीन जोड्ने ल्हेन्देखोलामा मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएसँगै अध्यागमन कार्यालय रसुवाले सीमा पास नवीकरण प्रक्रिया थालेको छ।
रसुवा– नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरी पुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा–केरूङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ। मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि सामान आयातका क्रममा केरुङतर्फ जाने सवारीचालकको पास नवीकरण प्रक्रिया आइतबारबाट शुरू भएको हो।
पुल निर्माणपछि सामान आयातका लागि केरुङतर्फ जाने सवारी चालकहरूको पासलाई प्राथमिकतामा राखेर नवीकरण शुरू गरिएको छ। निमित्त अध्यागमन प्रमुख मेघनाथ शर्माका अनुसार पहिलो दिन आइतबार सात जनाको नवीकरण, पाँच जनाको प्रतिलिपि र एक जनाको नयाँ पास जारी गरिएको छ। यद्यपि, बसाइँसरी रसुवा बाहिरबाट आएका व्यक्तिको हकमा भने सरोकारवाला पक्षको सहमतिका आधारमा पछि निर्णय गरिने उनले बताए।
बाहिरबाट बसाइँसरी आएकाहरूको नवीकरण नगर्न स्थानीय स्तरबाट दबाब आएकाले नयाँ कार्यालय प्रमुख आएपछि यसबारे आवश्यक निर्णय हुने कार्यालयले जनाएको छ।
यता, रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले मितेरी पुल सञ्चालनका विषयमा चिनियाँ पक्षबाट यकिन जवाफ प्राप्त भएपछि मात्र थप स्पष्ट हुने बताए। अन्तर्राष्ट्रिय नाका भएकाले दुई देशका अधिकारीहरूबीचको बैठकपछि मात्र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुने मिति तय हुने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
