पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनियर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन्।
भद्रपुर– झापाको काँकडभिट्टा नाकाबाट साउनयता २० अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ।
जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १ अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी हो। गत आवको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताए।
यो नाकाबाट हुने निर्यात भने घटेको छ। उक्त अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाखको वस्तु तथा सामान निर्यात भएको थियो। यो नाकाबाट निर्यात ६.६५ प्रतिशतले घटेको हो।
पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनियर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन्। आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिंकर, शृंगारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता तथा चप्पल र खनिज उत्पादनलगायत छन्।
यस अवधिमा आयात तथा निर्यातबाट ६ अर्ब ८२ करोड २ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
