मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार २ लाख ६१ हजार ७०० रुपैयाँ थियो।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। सोमबारको तुलनामा तोलामा ५ हजार ५०० रुपैयाँले वृद्धि भएर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार २ लाख ६१ हजार ७०० रुपैयाँ थियो।
पछिल्ला दिनमा सुनको मूल्य लगातार बढिरहेको छ। पुस १ गते प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी ४ हजार २५५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ४८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
