भदौ २३ र २४ को घटना छानबिनका लागि गठित आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीन अधिकारीमाथि लगाइएको विदेश भ्रमण रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी तोकिएको ‘स्थानहद’ फुकुवा गरेको छ।
काठमाडौँ— भदौ २३ र २४ को घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले अनुसन्धानको घेरामा रहेका तीन पूर्वउच्च पदस्थ अधिकारीमाथि लगाइएको वैदेशिक भ्रमण प्रतिबन्ध फुकुवा गरेको छ।
आयोगले आइतबार गृह मन्त्रालयलाई पत्र लेख्दै उनीहरूमाथिको विदेश भ्रमण रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने बन्देज हटाउन अनुरोध गरेको हो।
आयोगको निर्णयसँगै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको ‘स्थानहद’ हटेको छ।
भदौ २३ र २४ गतेका घटनाहरूको छानबिनका क्रममा अनुसन्धानलाई सघाउन भन्दै आयोगले असोज १२ र कात्तिक २७ गतेको बैठकबाट उनीहरूलाई अनुमतिबिना उपत्यका छाड्न र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो।
आयोगका उपसचिव कमलप्रसाद पाण्डेद्वारा हस्ताक्षरित पत्रका अनुसार, आवश्यक अनुसन्धान प्रक्रिया पूरा भइसकेकाले पुस ७ गतेको बैठकले उनीहरूमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
यसअघि आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे उनीहरूसँग बयान लिएको थियो। यसैबीच, आयोगले अनुसन्धानकै सिलसिलामा थप सोधपुछका लागि पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत बयानका लागि बोलाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
