अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख छ। सोही नक्कली प्रमाणपत्रकै आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालय र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट थप शैक्षिक योग्यता हासिल गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
नक्कली प्रमाणपत्र प्रयोग गरी उनले विसं २०५२ मंसिर १६ गते नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिएका थिए। सोही आधारमा उनी पदोन्नति हुँदै हाल प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म पुगेको आयोगको दाबी छ।
नक्कली प्रमाणपत्रका आधारमा ओहदा, तलब, भत्ता, सुविधा तथा विभिन्न तालिमहरूसमेत लिएको देखिएकाले आयोगले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागदाबी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
