धनगढीमा पाँचतारे होटल सञ्चालनका लागि क्लब चौलानी र आईएचजी होटल्स एन्ड रिसोर्टबीच व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ।
काठमाडौँ— सुदूरपश्चिमको धनगढीमा पहिलो पाँचतारे होटल सञ्चालन हुने भएको छ। होटल सञ्चालनका लागि क्लब चौलानी लिमिटेड र बहुराष्ट्रिय होटल चेन ‘आईएचजी होटल्स एन्ड रिसोर्ट’बीच व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा क्लब चौलानीका अध्यक्ष डा. राजेन्द्र केसी र आईएचजीका दक्षिण एशियाली प्रबन्ध निर्देशक सुदीप जैनले ‘होलिडे इन बाई आईएचजी’ सञ्चालनका लागि हस्ताक्षर गरे।
यसअघि क्लब चौलानीले भारतको ‘लेमन ट्रि होटल्स’सँग फ्रेन्चाइज सम्झौता गरे पनि अहिले व्यवस्थापन साझेदार परिवर्तन गरी अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएको हो। दुई अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको यो होटल परियोजना २०८४ सालको शुरूदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सञ्चालक दीपक पाण्डेले जानकारी दिए।
सन् २०१८ मा स्थापना भएको क्लब चौलानी लिमिटेडले यस होटलमार्फत सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा शुरू गर्ने तयारी गरेको हो।
होटलमा एक अर्ब ४३ करोड बैंक ऋण र ७७ करोड संस्थापक स्वपुँजी रहने गरी लगानी संरचना तयार गरिएको छ। सोही अवसरमा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
होटलमा अन्तर्राष्ट्रिय मापदण्डका ११५ वटा आधुनिक कोठा रहनेछन्, जसमा पाँच वटा प्रिमियम सुइट हुनेछन्। १८ हजार ५०० वर्गफुटमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जना क्षमताको बैक्वेट हल, रुफटप स्विमिङ पुल, फिटनेस सेन्टर र बहु-परिकार रेस्टुरेन्ट होटलका मुख्य आकर्षण हुन्।
भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख शहरसँग नजिक रहेको धनगढीमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति र क्यासिनो सुविधाले भारतीय पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
