कार्यालयले विमानस्थलबाट सेवा दिने सबै चालकहरूलाई यात्रुसँग नम्र, सभ्य र शालीन व्यवहार गर्न सचेत गराएको छ। अन्यथा, कानूनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
कास्की– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने पाँचजना चालक र उनीहरूका ट्याक्सीलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै आजैदेखि लागू हुने गरी एक महिनासम्मका लागि उक्त कारबाही गरिएको जनाएको छ।
गत पुस ३ गते विमानस्थलमा यात्रु तथा यात्रु लिन आएका व्यक्तिहरूसँग ती चालकहरूले अमर्यादित व्यवहार गरेका थिए। सो घटनाको भिडियो सामाजिक सञ्जाल (टिकटक) मा सार्वजनिक भएपछि र कार्यालयमा लिखित निवेदन परेपछि कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विमानस्थलका प्रवक्ता जशोदा सुवेदीका अनुसार, विमानस्थलस्थित सुरक्षा गार्ड कार्यालयले गरेको छानबिनका आधारमा दोषी देखिएका चालक र ट्याक्सीलाई सेवा प्रदान गर्न रोक लगाइएको हो। कार्यालयले विमानस्थलबाट सेवा दिने सबै चालकहरूलाई यात्रुसँग नम्र, सभ्य र शालीन व्यवहार गर्न सचेत गराएको छ। अन्यथा, कानूनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
विज्ञप्तिमा 'इन्ड्राइभ' र 'पठाओ' जस्ता अनलाइन एपमार्फत सेवा दिने सवारीसाधनलाई अवरोध नगर्नसमेत ट्याक्सी चालकहरूलाई निर्देशन दिइएको छ। अनलाइन आधारित सवारीसाधनले तोकिएको स्थानमा यात्रु छोड्न र नियमानुसारको पार्किङ शुल्क तिरेर यात्रु लैजान पाउने निर्णय भएको छ। यस कार्यमा ट्याक्सी चालकहरूबाट कुनै अवरोध भएमा कारबाही हुने कार्यालयले प्रस्ट पारेको छ।
साथै, विमानस्थलको पहुँच मार्गमा जथाभावी सवारीसाधन रोक्दा दुर्घटनाको जोखिम बढ्ने भन्दै जथाभावी पार्किङ नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। पर्यटकीय शहर पोखराको विमानस्थलमा ट्याक्सी चालकहरूको मनोमानीबारे यात्रुहरूले पटक-पटक गुनासो गर्दै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
