लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार निजी जेट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो।
टर्कीएको राजधानी अंकाराबाट उडेको एउटा निजी जेट दुर्घटना हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ। लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो।
लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त निजी जेट उडान भरेको केही समयपछि दुर्घटनामा परेको थियो। दुई देशबीच सैन्य सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय रक्षा वार्ताका लागि लिबियाली प्रतिनिधिमण्डल अंकारामा रहेको टर्कीका अधिकारीले बताएका छन्।
जनरल अल–हदद पश्चिमी लिबियाका शीर्ष सैन्य कमान्डर थिए। संयुक्त राष्ट्रसंघको पहलमा विभाजित लिबियाली सेनालाई एकताबद्ध गर्ने प्रयासमा उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए।
दुर्घटनामा ज्यान गुमाउने अन्य चार अधिकारीमा लिबियाको स्थल सेनाका प्रमुख ब्रिगेडियर जनरल अल–फितोरी घ्राइबिल, सैन्य उत्पादन प्राधिकरणका प्रमुख जनरल महमुद अल–कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी दियाब तथा चिफ अफ स्टाफको कार्यालयमा कार्यरत सैन्य फोटोग्राफर मोहम्मद उमर अहमद महजुब छन्। तीन जना चालक दलका सदस्यको पहिचान भने तत्काल खुल्न सकेको छैन।
टर्कीएका अधिकारीहरूका अनुसार व्यापारिक जेटको भग्नावशेष अंकाराबाट करिब ७० किलोमिटर दक्षिणमा पर्ने हेमानाको केसिक्कवाक गाउँमा फेला परेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
