प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ।
काठमाडौँ– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ।
प्रहरी संगठनबाट यसअघि चलाइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत रही यो अभियान सञ्चालन गर्न लागिएको जिल्ला प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए।
जेनजी आन्दोलनपछि सिंगो प्रहरी संगठनलाई सेवामा फर्काउन जनस्तरबाट भएका पहलकदमीको भावनालाई प्रतिविम्बित गर्नका लागि प्रहरीका तर्फबाट ‘हाम्रो प्रहरी’को अवधारणा स्थापित गर्न खोजिएको उनले जानकारी दिए।
“प्रहरी आम नागरिकको हो भन्ने अवधारणालाई स्थापित गरेर आगामी दिनमा नागरिक समाज र प्रहरीबीचको सुसम्बन्धलाई अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ,” अभियानबारे स्पष्ट पार्दै प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने, “यसबाट प्रहरी–नागरिकबीचका अविश्वास हल गर्न तथा अपराध न्यूनीकरण, कुरीति अन्त्य, सुशासन र सामाजिक सुव्यवस्था कायम गर्न मद्दत मिल्नेछ।”
हाम्रो प्रहरी अभियानअन्तर्गत मंगलबारदेखि नै प्रहरीको विभिन्न युनिटबाट जनसम्बन्ध विस्तारका काम थालनी भएका छन्। “टोलटोलमा प्रहरी कर्मचारीहरू स्थानीय नागरिकसँग भेटघाट गर्न घरदैलोमा पुग्नुभएको छ,” उनले भने, “छिट्टै विद्यालय र क्याम्पसमा युवासँग प्रहरीको महत्व र सुरक्षाका बारेमा अन्तरसंवाद गरिनेछ।”
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले स्थानीय तह, विद्यालय, क्लबलगायत स्थानीय संघसंस्थासम्म पुगेर अपराध न्यूनीकरण, कुरितीको अन्त्य र अन्य सामाजिक सचेतना जगाउने काम गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
