हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा-जोमसोम उडान प्रभावित हुने गरेको छ।
मुस्ताङ– मुस्ताङ भ्रमण गर्नेको संख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन्।
नियमित उडान भर्दै आएका कम्पनी समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए।
नियमित हवाई सेवा स्थगित भए पनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने उनको भनाइ छ। तारा एयरलाइन्स मुस्ताङका स्टेसन इन्चार्ज सुचन लालचनले कम्पनीले मंसिर १८ गतेदेखि फागुन १७ गतेसम्म पोखरा-जोमसोम उडान स्थगित गरेको बताए। त्यसैगरी समिट एयरलाईन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ।
हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा-जोमसोम उडान प्रभावित हुने गर्छ। पछिल्लो समय बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको संख्या घट्दै जान थालेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
