पुस ६ गतेको घटनालाई लिएर स्थानीयले बिहीबार ढुंगामुढा प्रहार, हुलदंगा र अवाञ्छित गतिविधि गरेपछि जिल्लाको शान्ति सुरक्षामा खलल पुग्ने अवस्था देखिएको भन्दै प्रशासनले कर्फ्युको आदेश जारी गरेको छ।
काठमाडौँ– सिन्धुलीको धुराबजार क्षेत्रमा उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको शरीरमा पेट्रोल छर्की आगो लगाएर हत्या गरिएको घटनापछि स्थिति तनावपूर्ण बनेको थियो।
पुस ६ गतेको सोही घटनालाई लिएर स्थानीयले बिहीबार ढुंगामुढा प्रहार, हुलदंगा र अवाञ्छित गतिविधि गरेपछि जिल्लाको शान्ति सुरक्षामा खलल पुग्ने अवस्था देखिएको भन्दै प्रशासनले कर्फ्युको आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी आदेशअनुसार बिहीबार बेलुका ८:३० बजेदेखि शुक्रबार बिहान ६:०० बजेसम्मका लागि कर्फ्यु लागू गरिएको छ।
प्रशासनले कमलामाई नगरपालिका–४ भित्रको पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुराबजार चोकसम्मको क्षेत्र निर्धारण गरेको छ। कर्फ्युको अवधिमा सर्वसाधारणको आवागमन र अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
साथै, कुनै पनि किसिमको भेला, जुलुस वा भेलाजन्य कार्यहरू गर्न र पाँच जनाभन्दा बढी मानिसहरू एकै ठाउँमा जम्मा हुन निषेध गरिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ 'क' बमोजिम शान्ति सुरक्षा कायम राख्न जारी गरिएको यो आदेशको उल्लंघन गर्ने जो कोहीलाई कानूनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
