तोलामा २ लाख ७० हजार नाघ्यो सुन

चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २७० रुपैयाँले बढेर ४ हजार ८३५ रुपैयाँ पुगेको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ नाघेको छ।

छापावाल सुन २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। उक्त मूल्य हालसम्मकै बढी हो।

महासंघका अनुसार, सुन शुक्रबारभन्दा तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो। यसअघि शुक्रबार तोलामा १ हजार ८०० रुपैयाँले २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य पुस १ गते तोलामा २ लाख ५९ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २७० रुपैयाँले बढेर ४ हजार ८३५ रुपैयाँ पुगेको छ।

शुक्रबार चाँदी तोलामा ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो।