आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगमा राजनीतिक दलहरूको लाम लागेको छ।
काठमाडौँ– प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगमा राजनीतिक दलको लाम लागेको छ।
दिनभर समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा राख्ने उम्मेदवारको छनोटमा व्यस्त राजनीतिक दल दिउँसो ४ः०० बजेअघि आयोग पुगेका थिए। सोमबार मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न लाममा बसेका हुन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको नाम बुझाउन आयोग परिसर पुग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसअघि दलले सार्वजनिक गरेको उम्मेदवार छनोट मापदण्डका आधारमा सूची तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
संसदीय अभ्यासको कार्यशैली बदल्नुपर्नेमा पार्टीभित्र एकमत रहेको पनि उनले सुनाए। संसदीय अभ्यासको योग्यता, क्षमता भएका नयाँ पुस्तालाई उम्मेदवार बनाइएको नेता विश्वकर्माको भनाइ थियो। प्रत्येक प्रदेशबाट युवा उमेर समूहका दुईदेखि तीन जनालाई सूचीमा समावेश गरिएको कांग्रेसले जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले विगतमा समानुपातिक सूचीमा परेका, मन्त्री भएका, प्रत्यक्ष निर्वाचनतर्फ जितेकालाई यसपटक बन्द सूचीमा समावेश नगरिएको जानकारी दिए। पार्टीले ११० जनाको सूची समावेशी सिद्धान्तका आधारमा बुझाउने तयारी गरिएको उनले बताए। लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा मूल लक्ष्य बनाएर पार्टी चुनावमा जान लागेको नेता पाण्डेको भनाइ थियो।
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन प्रगतिशील लोकतान्त्रिक पार्टीका सुदन किराती र सन्तोष परियार, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको तीन दलीय मोर्चाका तर्फबाट राजेन्द्र महतो, अशोक राई र रेशम चौधरी पनि आयोग पुगेका थिए।
निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्न शुरू भएको हो। पहिलो दिन आइतबार केही साना दलका तर्फबाट मात्र बन्दसूची पेश भएको थियो।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले सोमबार बन्दसूची बुझाउन लागेका हुन्। समानुपातिकतर्फको बन्दसूची बुझाउन ती दलले सोमबार बैठक पनि आयोजना गरेका थिए।
आइतबार तीन दलका १३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्दसूची पेश गरेका थिए। ती दलले निस्सा लिएर दर्ता प्रक्रिया पूरा गरेका हुन्। उम्मेदवारको नाम मतदाता सूचीमा छ, छैन, मतदाता नम्बर एवं नागरिकतालगायत कागजात हेरेर आयोगले निस्सा दिएपछि बन्दसूची पेश गरिएको थियो। सोमबार साँझ ५ः०० बजेसम्म करिब एक दर्जन दलले सूची बुझाएको आयोगले जनाएको छ।
राजनीतिक दलले पेश गरेका समानुपातिकतर्फको बन्दसूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ।
पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ। माघ ४ गते बन्दसूची प्रकाश गरिने छ। माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए।
सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन्। समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आइतबार र सोमबार बन्दसूचीतर्फका उम्मेदवारको सूची पेश गर्न पाउने छन्। दलले ११ देखि ११० जनाको बन्दसूची बुझाउनुपर्छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। मतदाताले समानुपातिक र प्रत्यक्षको दुई वटा मतपत्रमा मतदान गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
