अस्पताल भवनको २०७८ वैशाखमा ४ करोड ७९ लाख रुपैयाँमा ठेक्का लागेको थियो। २०७९ असारमा सम्पन्न गर्ने भनिए पनि ठेकेदारले काम नै गरेका छैनन्।
म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब ६ महिना बाँकी रहँदासमेत धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणाधीन अस्पताल भवन बनेको छ।
तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शय्या क्षमताको अस्पताल भवन ६० प्रतिशत मात्रै पूरा भएको छ। मुख्य भवनको ढलान सकिए पनि फिनिसिङको काम शुरू भएको छैन। साउनयता रोकिएको भवन निर्माण शुरू नै नभएको म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गत धवलागिरि बजार इकाईका सभापति तेजेन्द्र थापाले बताए।
भवन निर्माण नहुँदा धवलागिरीको ताकममा अस्पताल सञ्चालन गर्ने योजना अलपत्र परेको छ। भवन निर्माणका लागि २०७८ वैशाखमा ४ करोड ७९ लाख रुपैयाँमा ठेक्का लागेको थियो। सम्झौता अनुसार २०७९ असारमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।
आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री भवन बनाउन लागिएको हो।
धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले ठेकेदारलाई काममा फर्काउन ताकेता गरिएको बताए। “आर्थिक वर्षको अन्तिम तिर आउने ठेकेदार अन्य समयमा सम्पर्कविहीन हुन्छन्,” उनले भने, “बैंक धरौटी जफत र कालोसूचिमा राख्ने प्रक्रिया अघि बढाउने विषयमा छलफल चलाएका छौ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
