नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था सिर्जना भएपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको घोषित नियमित महाधिवेशन स्थगित भएको बताएका छन्। नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएको भन्दै अब विकल्पका रूपमा ‘विशेष महाधिवेशन’को वैधानिक प्रक्रियामा जाने उनीहरूको भनाइ छ।
महामन्त्रीद्वय थापा र शर्माले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पुस २६ गतेका लागि निर्धारित महाधिवेशनको कार्यतालिका तत्कालका लागि निष्प्रभावी बनेको बताएका हुन्। मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले तय गरेको कार्यतालिकालाई आगामी बैठकबाट अनुमोदन गर्ने गरी हाललाई स्थगित गरिएको वक्तव्यमा उल्लेख छ। महाधिवेशनको लक्ष्यअनुसार काम अघि बढ्न नसक्दा उत्पन्न अन्योल अन्त्य गर्न यो कदम चालिएको उनीहरूको भनाइ छ।
“पुस २६ गते नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएको कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको छ,” विज्ञप्तिमा भनिएको छ, “उत्पन्न भएको यस्तो अन्योल र अनिश्चिततालाई अन्त्य गर्न यो वक्तव्य जारी गर्न बाध्य भएका छौं।”
विज्ञप्तिमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेको सन्दर्भलाई उठाइएको छ। नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था सिर्जना भएपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको वैधानिक जिम्मेवारी भएको महामन्त्रीद्वय थापा र शर्माको ठहर छ।
“नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ,” वक्तव्यमा भनिएको छ, “अत: पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो। उक्त जिम्मेवारीअन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ।”
महाधिवेशनको मिति तय भएयता क्रियाशील सदस्यता नवीकरण कार्य अन्तिम चरणमा पुगेको विज्ञप्तिमा जनाइएको छ। हालसम्म देशभरबाट कुल ५ लाख ७९ हजार ३९५ सदस्यको नवीकरण सम्पन्न भएको छ। खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लाको प्रक्रिया टुंगिएपछि यो संख्या ६ लाख नाघ्ने अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार यस अवधिमा १ लाख ९५ हजार ७३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको छ। अन्य जिल्ला तथा जनसम्पर्क समितिहरूबाट पनि नयाँ सदस्यता दर्ताको कार्य निरन्तर भइरहेको छ। नियमित महाधिवेशन स्थगित भए पनि नयाँ सदस्यता इन्ट्रीको कार्यलाई निरन्तरता दिन सबै तहलाई निर्देशन दिइएको छ। “नियमित महाधिवेशन तथा यससँग सम्बन्धित अन्य कार्यतालिका स्थगित भएको अवस्थामा पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको कार्य निरन्तर जारी राख्न सबै तहलाई निर्देश गरिन्छ,” विज्ञप्तिमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
