बसको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु

राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इंग्लिस बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।

गुल्मी– गुल्मीको मालिका गाउँपालिकामा बस दुर्घटना हुँमा दुई जनाको मृत्यु भएको छ। 

राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इंग्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले लु९प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा चार जना घाइते भएका थिए। त्यसमध्ये मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र ५६ वर्षीया मनकला अर्यालको मृत्यु भएको हो। ६ वर्षीय अनुभव गिरी र पैदलयात्री गाउँपालिका–६ राम्चेकी ४१ वर्षीया लिलावती अर्याल घाइते भएका छन्। 

घाइतेमध्ये गिरीलाई थप उपचारका लागि पाल्पा लगिएको छ। शिक्षिकासमेत रहेकी अर्यालको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।