शाैचालयमा विशेष प्रकारका ढोकाहरू जडान गरिएको छ, जसमा धुम्रपान गरेको पत्ता लागेमा ढोकाको काँच पारदर्शी हुन्छ र भित्रको व्यक्ति सबैलाई देखिन्छ।
काठमाडाैँ– के तपाईंले कहिल्यै सपिङ मल वा सार्वजनिक स्थलको शाैचालयमा प्रवेश गर्दा चुरोटको गन्ध महसुस गर्नुभएको छ? साैचालयमा बस्दा चुरोट पिउने कतिपयको बानी हुन्छ। त्यसले चुरोट पिउनेलाई त हानी गर्छ नै नपिउनेलाई पनि धुवाँले असर गर्छ।
यही समस्यालाई सम्बोधन गर्न चीनको एक शपिङ मलले गजबको उपाय अपनाएको छ। शेन्जेन शहरको लुओहु जिल्लामा रहेको शुइबेइ इन्टरनेसनल सेन्टर नामक शपिङ मलले शौचालयमा धुम्रपान रोक्नका लागि एक नवीनतम प्रविधि अपनाएको छ। यस सेन्टरले विशेष ढोकाहरू जडान गरेको छ जसमा धुम्रपान गरेको पत्ता लागेमा ढोकाको काँच पारदर्शी हुन्छ र भित्रको व्यक्ति सबैलाई देखिन्छ।
शपिङ सेन्टरका प्रवक्ताका अनुसार, यसअघि शौचालयमा धुम्रपान गर्नेहरूलाई जरिबाना लगाउने र केही समयका लागि प्रतिबन्ध लगाउने जस्ता उपायहरू अपनाइएको थियो तर ती प्रभावकारी भएनन्। त्यसैले, अब धुम्रपान गर्नेहरूलाई लज्जित बनाएर यस्तो गतिविधि रोक्न यो प्रविधि प्रयोग गरिएको हो।
शौचालयमा प्रवेश गर्दा नै 'धुम्रपान गर्दा काँच पारदर्शी हुन्छ' भन्ने चेतावनी बोर्ड राखिएको छ। साथै, 'धुम्रपानको लत नियन्त्रण गर्नुहोस्, अन्यथा इन्टरनेटमा प्रसिद्ध हुनुहोस्' जस्ता सन्देशहरू पनि छन्। यसको उद्देश्य भनेको धुम्रपान गर्न लागेकाहरूलाई डर देखाएर रोक्नु हो।
यी ढोकाहरूमा विशेष आयताकार काँच जडान गरिएको छ जसमा सिल्भर हेलाइड कम्पाउन्ड हुन्छ। सामान्य अवस्थामा यो काँच धुम्रिलो (फ्रस्टेड) हुन्छ जसले गोपनीयता प्रदान गर्छ। तर, ढोकासँग जोडिएको सेन्सरले क्युबिकलभित्र चुरोटको धुवाँ र तातो पत्ता लगाएमा, अणुहरूले प्रतिक्रिया दिएर काँच तुरुन्तै पारदर्शी हुन्छ। त्यसपछि, शौचालयमा ठूलो स्वरमा चेतावनी सन्देश बज्छ– यो सार्वजनिक स्थान हो जहाँ धुम्रपान निषेध छ। आफ्नो स्वास्थ्य र अरुको स्वास्थ्यका लागि यहाँ धुम्रपान नगर्नुहोस्।
सपिङ मलले गरेको यो पहल चीनको सामाजिक सञ्जालहरूमा भाइरल भएको छ र यसले तीव्र बहस निम्त्याएको छ। समर्थकहरूले यसलाई धुम्रपान विरुद्ध प्रभावकारी उपाय मानेका छन् भने कसैले व्यक्तिगत गोपनियताको विषयलाई लिएर प्रश्न उठाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
