१११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीनमध्ये दुई टर्वाइन, मुहानको ड्याम र नहरसमेत मर्मत गरिएसँगै उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ।
रसुवा– असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ।
१११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ।
रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार ३७ मेगावाट मंसिरमा र ३१ मेगावाट हालै उत्पादन गरिएको हो। सफाइ एवं मर्मत बाँकी नै रहेको छ। क्षमता अनुसार उत्पादन गर्न बाँकी ४३ मेगावाट आगामी असारबाट उत्पादन हुने जनाइएको छ।
पानीको प्रवाह घटेका कारण सुक्खायाममा विद्युत् उत्पादन घट्ने जलविद्युत् केन्द्रले जनाएको छ। बाढीका कारण उपकरण तथा संरचनामा क्षति पुग्दा उक्त जलविद्युत् केन्द्रले १ अर्ब ५१ करोड रुपैयाँ क्षति बेहोर्नुपरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
