अमेरिकामा विद्युतीय सवारी खरिद गर्न प्रोत्साहन दिने कर छुट सन् २०२५ को सेप्टेम्बरमा हटाइएपछि टेस्लाको बिक्रीमा नकारात्मक असर परेको कम्पनीले जनाएको छ।
विद्युतीय सवारी बिक्रीमा चीनको बीवाईडीले पहिलो पटक अमेरिकाको टेस्लालाई उछिनेको छ। सन् २०२५ मा टेस्लाको डेलिभरी अघिल्लो वर्षको तुलनामा करिब ८.६ प्रतिशतले घटेको हो।
टेस्लाले सन् २०२५ मा करिब १६ लाख ५५ हजार विद्युतीय सवारी उत्पादन गरेको थियो। त्यसमध्ये करिब १६ लाख ३६ हजार सवारी डेलिभर गरेको थियो। सन् २०२४ मा भने कम्पनीले करिब १७ लाख ७३ हजार सवारी उत्पादन र १७ लाख ८९ हजार सवारी डेलिभर गरेको थियो।
अमेरिकामा विद्युतीय सवारी खरिद गर्न प्रोत्साहन दिने कर छुट सन् २०२५ को सेप्टेम्बरमा हटाइएपछि टेस्लाको बिक्रीमा नकारात्मक असर परेको कम्पनीले जनाएको छ।
सन् २०२५ को चौथो त्रैमासिकमा टेस्लाले करिब चार लाख ३४ हजार सवारी उत्पादन गरेको थियो। चार लाख १८ हजारभन्दा बढी सवारी डेलिभर गरेको थियो। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १६ प्रतिशतले कम हो।
यसैबीच, चिनियाँ कम्पनी बीवाईडीले सन् २०२५ मा विश्वव्यापी रूपमा करिब २२ लाख ५७ हजार विद्युतीय सवारी बिक्री गरेको जनाएको छ। जुन अघिल्लो वर्षको तुलनामा करिब २७.६ प्रतिशतले बढी हो। बीवाईडीका अनुसार चीनबाहिर एशिया, युरोप र ल्याटिन अमेरिकाजस्ता बजारमा पनि यसको बिक्री तीव्र रूपमा बढिरहेको छ।
टेस्लाले अझै घरेलु विद्युतीय सवारी बजारको करिब ४५ प्रतिशत हिस्सा ओगटेको छ। तर, बिक्री घट्दै जानुले अमेरिकी विद्युतीय सवारी बजारमा समग्र सुस्तता देखिएको संकेत गरेको छ।
अटोमोबाइल अनुसन्धान संस्था कक्स अटोमोटिभका अनुसार सन् २०२५ को नोभेम्बरमा अमेरिकामा सबै ब्रान्डका विद्युतीय सवारी बिक्री अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतभन्दा बढीले घटेको थियो।
उद्योग विश्लेषकका अनुसार सन् २०२६ मा पनि अमेरिकामा विद्युतीय सवारी बिक्री कमजोर नै रहने अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
