तोलामा २ हजार १०० रुपैयाँले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार सुन तोलामै २ हजार १०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलाको २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार तोलाको २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य पनि घटेको छ। चाँदी २५ रुपैयाँ घटेर  तोलामा ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार ४ हजार ५२५ रुपैयाँ थियो।