कुनै पनि समुदायको धार्मिक वा सांस्कृतिक आस्थामा आँच पुर्याउने र मानमर्दन गर्ने कार्यलाई गम्भीरतापूर्वक लिई कानूनी दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।
वीरगन्ज– जिल्ला प्रशासन कार्यालय, पर्साले सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वेष फैलाउने र झुटो अफवाह फैलाउनेहरूविरुद्ध कानूनी कारबाहीको चेतावनी दिएको छ। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम छर्ने र राष्ट्रिय एकतामा आँच पुर्याउने गतिविधि बढेको भन्दै प्रशासनले यस्तो कदम चालेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूको सूक्ष्म निगरानी भइरहेको उल्लेख छ। कुनै पनि समुदायको धार्मिक वा सांस्कृतिक आस्थामा आँच पुर्याउने र मानमर्दन गर्ने कार्यलाई गम्भीरतापूर्वक लिई कानूनी दायरामा ल्याइने प्रशासनले जनाएको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १५५ अनुसार कसैले कुनै जात, जाति वा सम्प्रदायको धार्मिक आस्थामा ठेस पुर्याउने नियतले पवित्र मानिएको स्थान वा वस्तुलाई हानि-नोक्सानी गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनेछ। त्यस्तै, संहिताको दफा १५६ बमोजिम लेखेर, वचनले वा चिह्नद्वारा कसैको धार्मिक भावनामा आघात पुर्याएमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।
त्यस्तै, विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार इन्टरनेटको माध्यमबाट साम्प्रदायिक सम्बन्धमा खलल पार्ने, घृणा फैलाउने वा महिलालाई अपमान र हैरानी गर्ने सामग्री पोस्ट गरेमा १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
प्रशासनले विद्युतीय माध्यमबाट महिलालाई जिस्क्याउने र अमर्यादित कार्य गर्नेलाई पनि सोही ऐनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ। समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्नु सबैको साझा दायित्व भएको भन्दै कानूनको उल्लंघन नगर्न प्रजिअ दाहालले अनुरोध गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
