रास्वपाले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेको छ।
रास्वपाको आइतबार बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने उपनिर्वाचनका लागि (वा प्रतिनिधिसभा सदस्य निर्वाचन) योग्य उम्मेदवार छनोट गर्न पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ‘उम्मेदवार सिफारिस उपसमिति’ गठन गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता मनीष झाले उपसमितिलाई योग्य उम्मेदवारको खोजी र छनोट प्रक्रियाको सिफारिस गर्ने जिम्मेवारी दिइएको बताए। उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ।
यस्तै, पार्टी एकता तथा समायोजन प्रक्रियालाई सहजीकरण गर्दै निष्कर्षमा पुर्याउने उद्देश्यले महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा ‘पार्टी एकता समायोजन उपसमिति’ गठन गर्ने निर्णय गरिएको छ।
सात जना केन्द्रीय समितिमा मनोनयन
रास्वपाले अन्य दलबाट आएका सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ। केन्द्रीय कार्यालय वनस्थलीमा बसेको ५८औँ केन्द्रीय समिति बैठकले पार्टी समायोजन प्रक्रियाअन्तर्गत उनीहरूलाई मनोनयन गरेको प्रवक्ता झाले जानकारी दिए।
मनोनीत हुने केन्द्रीय सदस्यहरूमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शन रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
