केन्द्रीय कारागारबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले चोरीका दुईवटा मोटरसाइकलसहित काठमाडौँको तारकेश्वरबाट नियन्त्रणमा लिएको छ।
काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले कारागारबाट फरार एक प्रतिवादीसहित मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा जुम्ला सिन्जा गाउँपालिका–२ घर भई हाल तारकेश्वर–११ बस्ने २० वर्षीय हरिशंकर शर्मा र काठमाडौँ महानगरपालिका–१८ नरदेवीका २० वर्षीय रोहित खड्गी शाही रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, शर्माको डेरामा लुकीछिपी बसिरहेको अवस्थामा शाहीलाई पक्राउ गरिएको हो। शाही केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका चोरी मुद्दाका प्रतिवादी हुन्।
प्रहरीले वसुन्धरास्थित शर्माको कोठाबाट चोरी भएको लु५८प ३९७५ नम्बरको रातो एफजेड मोटरसाइकल बरामद गरेको छ। त्यस्तै, भक्तपुरको ठिमी क्षेत्रबाट चोरी भएको केटीएम डुक मोटरसाइकल (बागमती प्रदेश ०२–०६२५ ६३७०) मा नक्कली नम्बर प्लेट (बागमती प्रदेश ०२–०६० प ९७८६) जडान गरिएको अवस्थामा फेला पारिएको छ।
उनीहरूको साथबाट सामसुङ कम्पनीका मोबाइलसमेत बरामद भएको छ। पक्राउ परेका दुवै जनामाथि कानूनी प्रक्रिया अगाडि बढाई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
त्यस्तै, माछापोखरी क्षेत्रका विभिन्न कोठाबाट सुनका गरगहना र विद्युतीय सामान चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल गोलढुंगा बस्ने २२ वर्षीय मनोज थापा रहेका छन्।
काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित एक कोठाबाट धनमाल चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। थापाको कोठा खानतलासी गर्दा चोरी भएका सुनका गहना, मोबाइललगायतका सामानहरू फेला परेको प्रवक्ता भट्टराई जानकारी दिए।
थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।
भक्तपुरमा गोली प्रहारबाट एकको मृत्यु
मध्यपुरथिमि नगरपालिका–६ मा ४० वर्षीय सनिप चाम्लिङ राईले आफैँलाई गोली प्रहार गर्दा उनको मृत्यु भएको छ। ब्रिटिस आर्मीबाट अवकाश प्राप्त आफ्नै भिनाजुको राइफल प्रयोग गरी राईले कोठाभित्र गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार गोलीको आवाज सुनेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
