यस्तो रहनेछ मंगलबारको मौसम

पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र  कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र  कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा दिउँसो पनि हुस्सु र कुहिरो रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

राति तराई भूभागका धेरै स्थानमा हुस्सु नै रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहनेछ।

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपात हुने विभागले जनाएको छ।