तोलामा ३ हजार १०० रुपैयाँले बढ्यो सुन

सोमबार तोलाको २ लाख ६५ हजार रुपैयाँ रहेको सुन आज २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ।

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेको छ। 

सोमबार तोलाको २ लाख ६५ हजार रुपैयाँ रहेको सुन आज २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको हो। सोमबार तोलामा ४ हजार ६०० रुपैयाँ बढेको थियो।

यसअघि पुस १३ गते हालसम्मकै उच्च २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो। पुस १ गते २ लाख ५० हजार रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा प्रभाव परिरहेको छ। 

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १९५ रुपैयाँले चाँदी बढेर ४ हजार ८८० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी ४ हजार ६८५ रुपैयाँ रहेको थियो।