गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोलनजिकै गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

फाइल तस्वीर

भरतपुर– चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोलनजिकै सोमबार अपराह्न घाँसदाउरा काट्ने क्रममा गैँडाको आक्रमणबाट ५६ वर्षीय बाबुकाजी क्षेत्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार क्षेत्रीलाई गैँडाले एक्कासि आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।