प्रशासन कार्यालय पर्सामा आयोजित सर्वपक्षीय बैठकले सामाजिक र धार्मिक सद्भाव कायम राख्न अन्य देश वा स्थानमा घटेका घटनालाई लिएर वीरगन्जमा प्रदर्शन नगर्ने, स्थायी सद्भाव संयन्त्र बनाउने लगायतका निर्णय गरेको छ।
पर्सा– धनुषा घटनालाई लिएर वीरगन्जमा उत्पन्न तनाव न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित सर्वपक्षीय बैठकले सामाजिक र धार्मिक सद्भावलाई दीर्घकालीन रूपमा कायम राख्न, अन्य देश वा स्थानमा घटेका घटनालाई लिएर वीरगन्जमा प्रदर्शन नगर्ने, ‘स्थायी सद्भाव संयन्त्र’ गठन गर्ने लगायतका निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव जोगाउन सो संयन्त्र गठन गरेको हो। सर्वदलीय बैठकमा उपस्थित संस्था, व्यक्ति तथा स्थानीय जनप्रतिनिधि सम्मिलित उक्त संयन्त्रले मंगलबार बेलुका वीरगन्जमा ‘सद्भाव र्याली’समेत आयोजना गर्नेछ।
बैठकले अबदेखि कुनै पनि जुलुस, प्रदर्शन वा सार्वजनिक कार्यक्रम आयोजना गर्न जिल्ला प्रशासन कार्यालयको पूर्वअनुमति लिनुपर्ने निर्णय गरेको छ। निर्णयमा भनिएको छ, “अन्य मुलुक तथा स्थानमा घटेका घटना वा दुर्घटनालाई लिएर वीरगन्जमा प्रदर्शन र आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसको सट्टा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई ज्ञापनपत्र पेस गर्ने कुरामा जोड दिइनेछ, त्यसपछि मात्र आन्दोलनका कार्यक्रम सञ्चालन गर्न पाइनेछ।”
त्यस्तै, सञ्चारकर्मीहरूलाई धार्मिक र सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवारीपूर्वक र सन्तुलित समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ। सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट धार्मिक द्वेष फैलाउने, भ्रामक सूचना सम्प्रेषण गर्ने वा हिंसाका लागि दुरुत्साहन गर्ने व्यक्ति तथा समूहलाई पहिचान गरी कानूनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहनेछ।
यसैगरी, सबै पक्षले आ–आफ्नो समूहका तर्फबाट भएका कमजोरीप्रति आत्मबोध गर्दै आफ्ना समुदायका व्यक्तिलाई अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रतिबद्ध तुल्याउने निर्णयसमेत गरेका छन्।
प्रमुख जिल्ला अधिकारी दाहालले यी निर्णयहरूको प्रभावकारी कार्यान्वयनबाट वीरगन्जको स्थिति छिट्टै सामान्य हुने विश्वास व्यक्त गरेका छन्। उनले नगरवासीलाई संयम अपनाउन र परापूर्वकालदेखि चल्दै आएको सामाजिक सद्भाव कायम राख्न अपिलसमेत गरेका छन्।
यसैबीच, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले वीरगन्जमा जारी कर्फ्युको अवधि मंगलबार साँझ ६ बजेसम्मका लागि लम्ब्याएको छ। प्रशासनले कर्फ्युको समयमा घरबाहिर ननिस्कन र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
