राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरेर जाने निर्णय गरेको छ।

काठमाडौँ– नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरेर जाने निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले राष्ट्रियसभा निर्वाचनका लागि अन्य दलसँग सहकार्य गर्ने नीतिगत निर्णय भएको बताए। बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले निर्वाचनको तयारी र रणनीतिबारे आफ्नो धारणा राखेका थिए।

कार्यसम्पादन समितिको अर्को बैठक बुधबार बिहान ९:०० बजे पुनः बस्ने मुख्यसचिव पौडेलले जानकारी दिए। मंगलबारको बैठकमा निर्वाचनका उम्मेदवार छनोट लगायतका विषयमा थप छलफल हुने बताइएको छ।