आँधीखोला किनार, ज्याग्दीखोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धानखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका छन्।
वालिङ– स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष १३.८ प्रतिशतले धान उत्पादन बढेको हो।
गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ। स्याङ्जामा नौ हजार ७२ हेक्टरमा धान उत्पादन भएको थियो।
“पछिल्ला वर्षमा उन्नत जातका बीउको प्रयोग, आधुनिक यन्त्र/उपकरण तथा प्रविधिको प्रयोग बढ्दै गएको छ,” कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले भने, “बढ्दो प्रविधिको प्रयोग सँगसँगै अनुकूल वातावरणका कारण पनि उत्पादकत्व वृद्धि भएको हो।”
देशका कतिपय ठाउँमा लगाइएको धानबाली भित्र्याउने बेलामा परेको बेमौसमी पानीले क्षति पुर्याए पनि स्याङ्जामा भने ठूलो क्षति नभएकाले उत्पादनमा कमी नभएको उनको भनाइ छ।
जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये झन्डै ४० प्रतिशतमा हाइब्रिड र उन्नत जातका बीउको प्रयोग हुने गरेको छ। धानको उत्पादकत्व प्रतिहेक्टर ४.५९ मेट्रिकटन छ।
आँधीखोला किनार, ज्याग्दीखोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धानखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका छन्। यहाँ घरायसी प्रयोजन तथा बीउका लागि धान उत्पादन हुँदै आएको छ।
किसानले गत वर्षमात्रै धानको बीउ बिक्री गरेर करिब १ करोड रुपैयाँ आम्दानी गरेका थिए। धानको बीउ स्याङ्जासहित बाहिरी जिल्लामा पनि बिक्री भइरहेको छ। यहाँ रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथलगायत उन्नतसहित स्थानीय जातका धान लगाउने गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
