पर्यटक आउजाउ गर्न छाडेपछि कञ्चनजंघा पदमार्गको माथिल्लो क्षेत्रमा होटल व्यवसाय गर्दै आएका व्यवसायी तल्लो बस्तीतिर फर्किएका छन्।
फुङलिङ– ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र सुनसान बनेको छ। पर्यटक आउने सिजन सकिएसँगै सुनसान बनेको हो।
पर्यटकले भरिभराउ हुने कञ्चनजंघा आधार शिविर, खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्रका होटलमा अहिले ताला लागेका छन्। दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयात क्षेत्रको अवस्था पनि उही छ।
पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाले पर्यटकीययाम सकिएपछि पर्यटक आउजाउ गर्न छाडेपछि होटल व्यवसाय गर्दै आएका व्यवसायी तल्लो बस्तीतिर फर्किएको बताए। हिउँदयाम लागेसँगै चिसो बढेपछि यो क्षेत्रका व्यवसायी पनि औल झर्ने गर्छन्।
“अहिले त कोही पनि छैन, ताला लगाएर तल झरेका छौँ,” घुन्सामा रहेका उनले भने, “चिसो कम भएपछि फेरि चहलपहल शुरू हुन्छ।”
कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका अनुसार पछिल्लो वर्षमा यहाँ आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ। यस वर्ष भ्रमणको पहिलो याममा ९५० जना विदेशी पर्यटकले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले जानकारी दिए।
उनका अनुसार यस वर्ष मंसिरपछि पनि फाट्टफुट्ट पर्यटक आएका छन्। विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्यासमेत बढ्दै गएको उनले बताए। गत वर्षको पहिलो याममा ८७७ जना विदेशी पर्यटकले कञ्चनजंघाको भ्रमण गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
