ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि रिक्त रहेका ती मन्त्रालयको कार्यभार मौजुदा मन्त्रिपरिषद्का अन्य सदस्यलाई तोकिएको छ।
काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि रिक्त रहेका ती मन्त्रालयहरूको जिम्मेवारी मौजुदा मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधान बमोजिम सो कार्यभार सम्हाल्ने गरी मन्त्रीहरू तोकेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले सम्हाल्ने छन्।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंलाई तोकिएको छ भने शहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले सम्हाल्ने गरी तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
